Wednesday, December 1, 2010

time

its winter,just have fun and enjoy wit ur fren,i m wishing ur goodluck .

Sunday, June 13, 2010

its chair

just finis new year now becoming old caz poltical party are fightin for chair

Monday, February 8, 2010

लेनिन जस्तै म

प्रचण्डको परिभाषामा प्रचण्ड के हो ?

खै, यो कस्तो प्रश्न हो ? (लामो हाँसो) । मैले यसरी त सोचेकै छैन ।

अब सोच्नु न ।

प्रचण्ड अलिकति ठूलो आकांक्षा राख्ने र त्यसको परिपूर्तिका लागि कठोरता र लचकताको जुनसुकै सीमामा पनि पुग्न सक्ने व्यक्ति हो भन्न सक्नुहुन्छ तपाईं । तर, यस्तो आकांक्षा निजीचाहिँ होइन । परम्पराभन्दा अलि भिन्न ढंगले जनता र देश, मानवजातिकै लागि काम गर्न चाहने मान्छे हो ।

तपाईंको स्वभाव निर्माणमा कस-कसको प्रभाव छ ?

स्वभावको परिभाषामा म माक्र्सवादी दार्शनिक प
mेडरिक एङ्गेल्ससँग बढी सहमत छु । उनका विचारमा मानिसको स्वभाव ५० प्रतिशत जिन र ५० प्रतिशत वातावरणले निर्माण गर्छ । मेरो स्वभावमा पनि जिन अनि पारिवारिक परिवेश, छरछिमेक र

स्कुलको प्रभाव छ ।

तपाईंको स्वभावको सबल पक्ष के हो ?

खुलापन, सरलता, उदारता । यसलाई तपाइर्ं सबलता पनि भन्न सक्नुहुन्छ, दुर्बलता पनि भन्न सक्नुहुन्छ ।

अनि दुर्बल पक्ष ?

एकपटक हाम्रो पार्टीमा छलफल पनि भएको थियो । ममा थोरै अस्थिर मानसिकताजस्तो झल्किने, वेलावेलामा । मानसिक रूपले तनावमा हुने । सामान्यतः त्यो पनि अलि छिटो । म घटनाक्रमबाट अलि छिटो प्रभावित हुन्छु, अरूका तुलनामा । यसको कारण मभित्रको अलि बढी संवेदनशीलता हो ।

कसैलाई हेर्ने धारणा कसरी बनाउनुुहुन्छ ?

पहिले-पहिले मेरो -धारणा) अलि फरक थियो । के भन्छ भन्नेलाई विश्वास गर्थेँ । अहिले के भनिरहेको छ भन्दा पनि के गरिरहेको छ भन्ने हेर्छु । विशेषगरी म पृष्ठभूमि हेर्छु । कुन पारिवारिक, सामाजिक-सांस्कृतिक पृष्ठभूमि भन्ने हेर्छु । उसको समग्र विकासक्रम हेर्छु, के गरिरहेको छ भन्ने हेर्छु ।

सानोमा कस्तो हुनुहुन्थ्यो ?

असाध्य सोझो । मलाई सबैले 'देउताको गाई' भन्थे । मेरा हेडसर अहिले पनि भन्नुुहुन्छ, म त्यति लजालु मान्छे राजनीतिमा कसरी पुगेँ ? बच्चाहरूको बीचमा झगडा पर्‍यो भने सबैले 'यसलाई सोध्नुपर्छ, यसले झुटो बोल्दैन' भन्थे । अन्तर्मुखी त होइन तर संवेदनशील र लजालु थिएँ ।

कस्तो वेला रिस उठ्छ ?

सबैको उही त हो नि । आफूले भनेजस्तो, खोजेजस्तो, सोचेजस्तो नहुँदा रिस उठ्छ । म पहिला-पहिला परिवारभित्र छिटो रिसाउने, त्यो पनि साना-साना कुरामा रिसाउँथेँ, आजभोलि लाग्दैन ।

तपाईं सधैं ँभावुक भएँ’ भन्नुुहन्छ ? साँच्चै त्यति भावुक हो त तपाईं ?

स्वभावले म अलि बढी संवेदनशील त हो । त्यसैले छिट्टै भावुक बन्छु । सामान्य सामाजिक उपन्यास पढेँ भने पनि म आफ्नो भावना नियन्त्रण गर्न सक्दिनँ । सामाजिक चलचित्रका दृश्यले मलाई छुन्छन् । जनयुद्धभरि म एक-एक साथीको बलिदानले भावुक भएको छु । म आफैँले कुनै विषय प्रस्तुत गर्न थालेँ भने त्यही विषयले पनि मलाई भावुक बनाउँछ ।

कति रुनुहुन्छ ?

कुनै खास विषयमा रुने-हाँस्ने त भइहाल्छ ।

पछिल्लोपटक कहिले रुनुभएको थियो ?

संवेदनशील विषयमा प्रवेश गर्नुभयो भने म अहिल्यै रुन बेर मान्दिनँ । -हाँसो)

बन्द कोठा र सार्वजनिक मञ्चमा तपाईंका दुई बेग्लाबेग्लै स्वभाव किन प्रकट हुन्छन् ?

यो गलत हो । के बन्द कोठा, के खुला ठाउँ ? तर, एउटा कुरा त हो नै । बन्द कोठामा कुरा गर्दा अलि कूटनीतिक, अलि शिष्टाचारपूर्ण हुन सकिन्छ । कुरा उही हो, तर जनताको बीचमा भने म सीधा-सीधा भाषामा बोल्छु । यसलाई नबुझेर केही मान्छेले त्यसो भन्न सक्छन् ।

आत्ममूल्यांकनमा तपाईंको स्वभावगत कमजोरी के हो ?

मलाई आजभोलि धेरैले बढी नबोलिदिए हुन्थ्यो, त्यसले विवाद भयो भन्छन् । साह्रै धेरै कार्यक्रममा पनि नगइदिए हुन्थ्यो भन्ने छ । मलाई यो सल्लाह ठीकै लागेको छ । यो मेरो कमजोरी नै हो जस्तो लाग्छ ।

तपाईंका सार्वजनिक अभिव्यक्ति किन विवादमा पर्छन् ?

खास विषयलाई सम्बोधन नै नगर्ने, प्रश्नमा प्रवेश नै नगर्ने हो भने विवाद हुन्न । विषयलाई तीखो ढंगले राखेपछि चिज बहसमा जान्छ । त्यसलाई मान्छेले आ-आफ्नो वर्गस्वार्थअनुसार मूल्यांकन गर्छन् ।

तपाईंका केही स्वभावगत कमजोरीकै कारण पछिल्ला दिनमा तपाईंको सार्वजनिक छविमा ह्रास आएको छ, होइन ?

म त्यसो त मान्दिनँ । जनताको बीचमा होइन, एउटा वर्ग जसलाई अभिजात पनि भन्न सकिन्छ, राज्यसत्तामा लामो समयदेखि कब्जा जमाएको सानो वर्ग पनि भन्न सकिन्छ, दलाल, सामन्त वा नोकरशाहको वर्ग पनि भन्न सकिन्छ, त्यो वर्ग सचेत ढंगले प्रचण्डको छवि बिगार्न लागेको छ भन्ने मैले बुझेको छु । किनकि मेरो छविले उनीहरूको वर्गस्वार्थमा हानि पुर्‍याएको छ । मेरो स्वभावमा कतिपय कमजोरीले पनि तिनलाई मद्दत पुर्‍याएको होला तर जनतामा मेरो छवि कमजोर भएको छैन । अहिले माओवादी नेतृत्वविरुद्ध, खासगरी प्रचण्डलाई ताकेर दुष्प्रचारको राष्ट्रिय-अन्तर्राष्ट्रिय षड्यन्त्र भएको छ, त्यसले आमजनतालाई प्रचण्डलाई बचाउन जरुरी छ भन्ने बोध गराएको छ ।

तपाईंको स्वभावलाई कोसँग तुलना गर्न सकिन्छ ?

मैले यो धेरै ठाउँमा, धेरैपटक भनेको छु कि मेरो स्वभाव मलाई लेनिनको जस्तो लाग्छ । लेनिनलाई म बढी नै आदर्श ठान्छु- आक्रमकता, लचकता, दृढता र साहसमा पनि । नीतिमै पनि उहाँ साहसिक निर्णय लिन सक्नुुहुन्थ्यो । मैले आफूलाई लेनिनसँग तुलना गर्न खोजेको होइन, उहाँ धेरै महान् हुनहुन्थ्यो । म उहाँलाई पछ्याउन चाहन्छु ।

तपाईंमा संयमको कमी छ, होइन ?

त्यस्तो होइन । आवश्यक परे म जति पनि संयम लिन सक्छु, नपरे लिन्न ।

निजी जीवनमा तपाईं कस्तो हुनुहुन्छ ?

मेरो निजी जीवन नै छैन जस्तो लाग्छ, आजभोलि त । खुसी पनि सार्वजनिक, दुःख पनि, परिवार पनि । तैपनि श्रीमान्-श्रीमतीको सम्बन्ध, बाबु-छोरा, बाबु-छोरी, बाबु-आमाको सम्बन्ध त हुन्छ नै । सामूहिक ढंगले खान-बस्न खुब रमाइलो लाग्छ ।

फुर्सदको समय कसरी बिताउन चाहनुुहुन्छ ? के भनिन्छ भने कसैको फुर्सद बिताउने शैलीले उसको स्वभावको सही मापन हुन्छ ।

हो र ? मचाहिँ सकेसम्म नयाँ-नयाँ ठाउँमा जान चाहन्छु । विशेषगरी पहाड, खोलानाला, छहराले मलाई तान्छन् । म कहिले तातोपानी, कहिले कता जाने कारण पनि त्यही हो । प्रकृतिले मलाई रिप
mेसमेन्ट गराउँछ । हाइस्कुल पढ्दा भने म खेलकुद भनेपछि मरिहत्ते गर्थें, त्यसमा पनि अझ फुटबल । स्नातक भएपछि भलिबल खेल रमाइलो लाग्न थाल्यो । मलाई लेखपढ पनि मन पर्छ ।

अहिले के पढ्दै हुनुहुन्छ ?

चिनियाँ उपन्यास 'रेड क्रयाग' दोहर्‍याएर पढ्दै छु ।

तपाईंको स्वभाव र राजनीति-कूटनीतिमा कति तालमेल छ जस्तो लाग्छ ?

मेरो स्वभावले कुल मिलाएर राजनीतिलाई सहयोग नै गरेको छ जस्तो लाग्छ, केही अंश छाडेर । नत्र म आन्दोलनको यो ठाउँमा आउन सम्भव थिएन । कूटनीति पनि राजनीतिमातहत नै हुन्छ । कूटनीतिमा पनि मेरो स्वभाव बाधक छैन ।

तर, पछिल्ला दिनमा भारतसँग कूटनीतिका मामिलामा तपाईं त चुक्नुभयो नि ?

त्यसो होइन । जब राजनीति नै फरक पर्छ, त्यतिखेर राजनीतिले काम गर्दैन । त्यतिखेर कूटनीति सहायक हुन्छ, राजनीति प्रधान हुन्छ । भारतसँग पनि अब कूटनीतिको चरण सकियो, त्यसैले विषय अब राजनीतिमा गयो । त्यही कुरा मान्छेले नबुझेका वा बुझपचाएका हुन् ।


मधेस प्रदेश र रोम विधान

माओवादी हिंसात्मक द्वन्द्वमा १६ हजार नौ सय नेपालीले अन्यायपूर्ण हिंसाको सिकार भएर आफ्नो सुन्दर जीवनको आहुति दिएको समाचार ०६६ को तथ्यांक हो । यो अझै कति बढ्ने हो थाहा छैन । तथ्यांकको हिसाबमा मधेस आन्दोलनले सायद दुई-तीन सयको मात्र ज्यान लिएको होला । तर, त्यसले एउटा खास कालखण्डमा माओवादी आतंकलाई नै बिर्साइदिएको थियो । पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्दा को कहाँ मारिने हो भन्ने आतंकले सिंगो देशको आवागमनमा प्रभाव पारेको थियो । सक्ने हवाईजहाज चढ्थे भने नसक्नेहरू खुम्चिएर मनमनै रुन्थे । पहाडे मूलका कर्मचारी चटाचट काटिन थालेपछि सरकारले तिनका लागि मकवानपुर र सिन्धुलीजस्ता ठाउँमा अस्थायी सरुवा वा आश्रय निर्माण गरिदिनुपरेको थियो । शैक्षिक तालिमकेन्द्रका भलाद्मी कर्मचारी बासुदेव पौडेल काटिनुको एकमात्र कारण उनी पहाडे मूलका हुनु थियो ।

अर्थात् मधेसवादी आन्दोलन एकप्रकारको जेनोसाइड थियो । पहाडे मूलका तराईवासीलाई उच्छेदै गर्ने किरिया खाएर त्यो आन्दोलन सञ्चालन भएको थियो । सातपुस्तापहिले तराई झरेका पहाडे मूलका नेपालीलाई दुई पुस्ताअघि भारतबाट नेपाल छिरेका मधेसी मूलका आततायीले ठेल्ने, काट्ने, मार्ने, कुट्ने काम गरेपछि एकपल्ट झन्डै-झन्डै नेपालको तराई, पहाडे मूलका नेपालीका लागि प्रवेश निषेधको बोर्ड भएर उभिएको थियो ।

जसरी माओवादी हिंसा कुनै जनयुद्ध थिएन, त्यसैगरी मधेसी आन्दोलन पनि कुनै जातीय परिचयको खोजी थिएन । माओवादी हिंसा फरक राजनीतिक मान्यता राख्नेलाई सम्पूर्णतामै विनाश गर्ने निरंकुश राजनीतिक अभियान थियो भने मधेसवादी हिंसा नेपालको तराईलाई पहाडे मूलका नेपालीलाई उच्छेद गर्ने उद्देश्य बोकेको कहालीलाग्दो आतंक थियो ।
यस्तो जातीय युद्धका विपक्षमा बोल्ने जम्माजम्मी दुईजना मधेसी मूलका नागरिक भेटिएका थिए उतिवेला, वर्तमान राष्ट्रपति डा.रामवरण यादव तथा नेकपा एमालेका वर्तमान पोलिटब्युरो सदस्य रामचन्द्र झा । यी दुई नेताले आफ्नो ज्यानको बाजी लगाएर जातीय हिंसाका विरोधमा आवाज उठाएका थिए । अहिले आफूलाई मधेसवादी नेता भन्नेहरू त्यतिवेला यही जातीय हिंसाका सञ्चालक वा हिमायती थिए । यस अर्थमा उनीहरू नै जेनोसाइडका प्रवक्ता भएका थिए । उनीहरूलाई अन्तरमधेसी हिंसाचारसँग कुनै वास्ता थिएन । दलितलाई उच्च जातका ठालुको आँगनमा पाइलो टेक्नसमेत नदिने जातिप्रथा, गरिब महिलालाई मानव मलमुत्र कोच्याउने बोक्सीप्रथाबाट आक्रान्त गरिब गाउँले मधेसवादको नाउँमा हिंसात्मक आन्दोलन चलाउनेहरूको कार्यसूचीमै थिएनन् । उनीहरू हान्निएका थिए त सबै पहाडेलाई तराईबाट खेदेर त्यहाँ आआफ्नो एकलौटी राज कायम गर्न । जातीय रूपमा अपार्थेइड र राजनीतिक रूपमा निरंकुशताको पक्षधर भएको मधेसवादी आन्दोलन माओवादी हिंसाकै सहउत्पादक -बाइ-प्रोडक्ट) थियो । त्यसैले मधेसवादी आन्दोलनका उपज ठानिएका मधेस जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, खण्डित सद्भावना पार्टी सबै नै मधेस आन्दोलनकालदेखि जेनोसाइडको पक्षधर भएर उभिएका छन् । अपार्थेइडको पक्षधर भएर उभिएका छन् । निरंकुशताको पक्षधर भएर उभिएका छन् ।

एक मधेस एक प्रदेश अथवा मधेस प्रदेश भनेर अहिले उठिरहेको नारालाई हिजोको मधेस हिंसाबाट अलग राखेर हेर्नै सकिँदैन । यस्तो धरातलीय अवस्थामा मधेस प्रदेश राज्यको माग, 'पहाडियोँ को लखेटो' शीर्षकको अपार्थेइडबाहेक अरू केही हुनै सक्दैन ।

यतिवेला पूर्वमाओवादी लक्ष्मण थारू र भूतपूर्व माओवादी उपेन्द्र यादवको मधेस प्रदेशको मोर्चा खडा भएको छ । माओवादी संस्कार र संस्कृतिमा जीवनको ऊर्जाशील समय खर्चिएका यी दुई नेताका कारण मधेस प्रदेश पक्षधर धेरै नेताले अन्तर्राष्ट्रिय अदालतको अभियुक्त बन्न नपरोस् भन्ने यो टिप्पणीको सद्भाव हो । रोम स्टयाच्युट अफ द इन्टरनेसनल क्रिमिनल कोर्टले जातिभेदलाई हत्या, बलात्कार, दासत्वजस्ता अपराधकर्मका रूपमा दर्ज गरेको छ । खास गरेर यातना, अमानवीय व्यवहार, बाँच्ने अधिकार खोस्ने, स्वतन्त्रताको अधिकारमाथि बन्देज लगाउने जस्ता अपराधकर्मलाई रोम विधानले अन्तर्राष्ट्रिय अपराध मानेको छ । र, मधेस आन्दोलनताका पहाडे मूलका नेपालीमाथि यस्ता दुस्कर्म गरिएकै थिए । त्यसै हुनाले एक मधेस प्रदेशको माग रोम विधानको आधारमा दण्डनीय हुन पुग्छ ।

नेपालमा यतिवेला सबैखाले राजनीतिको धोती खुस्किएको छ । माओवादीहरू पार्टीको मिटिङमा माक्र्स-एंगेल्स-लेनिन-स्टालिन-माओत्सेतुङको पोस्टर टाँस्छन् र आफूलाई झर्रा माक्र्सवादी-लेनिनवादी-माओवादी भएको घोषणा गर्छन् । प्रचण्डपथको नाममा एक्काइसौँ शताब्दीको जनवाद संश्लेषित भएको भाषण पनि उनीहरूले गरेकै छन् । नेपालमा उनीहरूभन्दा गरिबको हितैषी कोही नभएको हुँकार पनि भरेकै छन् । तर, तिनको व्यवहारमा कतै पनि वर्गचेत देखिँदैन । वर्गसंघर्ष नै कम्युनिस्ट राजनीतिको अन्तिम निष्कर्ष हो भन्ने ज्ञानसमेत तिनमा पाइँदैन । दलित समुदायलाई जाति नै नमान्ने तिनीहरू लिम्बुवान र खम्बुवानको, ताम्सालिङ र नेवा राज्यको उन्मादी नारा उरालेर जातीय सद्भाव बिथोल्ने काम गरिरहेका छन् । शास्त्रीय वा परिमार्जित माक्र्सीय चिन्तनबाट तिनीहरू हजारौँ कोष टाढा छन् । जातीय शोषणको विरोध गर्ने तिनीहरू दलित अधिकारका बारेमा चुँसम्म बोल्दैनन् । सिद्धान्तका लागि आफ्नो जीवनको बलिदान दिने भाषण गरेर कहिल्यै नथाक्ने माओवादी नेताहरूको व्यवहारचाहिँ सिद्धान्तका लागि अर्काको जीवनको बलिदान लिनेखालको देखिएको छ ।
माओवादीपछिको नेपाली कांग्रेस अहिले पनि आफूलाई समाजवादी पार्टी भनिरहेकै छ । तर, त्यसको समाजवाद सम्पूर्ण निजीकरण र उदारीकरणमा रूपान्तरित भइसकेको छ । यो एक्काइसौँ शताब्दीमा पश्चिमा पुँजीवादी दुनियाँमा देखापरेको चिताइनसक्नुको वित्तीय संकट देखेर पनि कांग्रेसी नेताहरूले शिक्षा लिन सकेका छैनन् । त्यसैले समाजवाद आजको नेपाली कांग्रेसका लागि सपनाको सिद्धान्त भइसकेको छ ।
नेकपा एमालेले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रीकरण गरेको त साँच्चै हो, तर अहिले त्यसलाई आफूले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवादले कस्तो नीति या कार्यक्रम लिनुपर्छ भनेर निर्देशित गरिरहेको छ भन्ने थाहै छैन ।मधेसवादी पार्टीका बारेमा त टाउकामै लेखिहालियो ।
आफ्ना क्षुद्र स्वार्थमा लागेका हुनाले सबै पार्टी जनताको मागबाट, जनताको राजनीतिक आग्रहबाट बाहिर निस्किसकेका छन् । यतिवेला जनताको एजेन्डा बोकेर कुनै राजनीतिक पार्टी हिँडिरहेका छैनन् । त्यसै हुनाले जातिभेदको राजनीति नेपालको विनाशको नियति भएको छ । विवेकशून्य व्यवहारका कारण चिताउनै नसक्नेगरी राजनीतिक पार्टीका नेताहरूको मोल घटेको छ । पश्चिमी मुलुकमा जस्तो बदहालपूर्ण वित्तीय संकट ओइरिएको थियो, अहिले नेपालमा त्यसैगरी नेता संकट ओइरिएको छ । शीर्ष अथवा ठूला नेता जहिले पनि प्रधानमन्त्रीको कुर्चीमा आँखा गाडेर ध्यानस्थ भएका भेटिन्छन् । प्रधानमन्त्री नहुँदा पनि राम्रा काम गरेर सम्मानित नागरिक हुन सकिन्छ भन्ने चेतना हाम्रा ठूला नेतामा छैन ।

आफूलाई सत्ताको धुरीमा राख्ने चेतनाले जन्माउन खोजिएका जातीय राज्यले गभर्नर र मुख्यमन्त्रीको सपना देखिरहेका, संघीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको कल्पनामा रुमलिएका आजका हाम्रा कतिपय सांसद-सभासद्हरूले अभियुक्तको बयानपत्रमा सहिछाप गर्ने दिन नआओस् ।
एकजना मेरा पुराना साथी देवराज राईले भन्नुभएको थियो, 'हाम्रो प्रदेशलाई सगरमाथा प्रदेश राख्नुपर्छ भनेर मैले प्रस्ताव गर्न चाहेको छु । खम्बुवानको साटो सगरमाथा राख्यो भने राई मात्र होइन क्षेत्री, बाहुनदेखि दलित भनिएका दमाई, कामी, सार्कीले पनि सगरमाथा प्रदेशको स्वामित्व अनुभूत गर्छन् ।'
योग्य मान्छे गाउँमा छन्, अयोग्यहरू सभासद् भएका छन् भन्ने टिप्पणी आउने दिनमा कसैले गर्नु नपरोस् । मधेस प्रदेशले तराईका जनताको सुख र समृद्धि, प्रजातान्त्रिक हकअधिकारको विस्तार गर्दैन भन्ने चेत उपेन्द्र यादव र लक्ष्मण थारूमा वेलैमा पलाओस् । तिनको मधेस प्रदेशमा गरिब परिवारका महिलाले बोक्सी अभियोग खेपिरहनुपर्नेछ भने डोमहरूले, राजपुतको इनार या टयुबेलबाट पानी खान पाउने छैनन् ।

 प्रदीप नेपाल