Wednesday, December 16, 2009

नयाँ बिहानी

"एषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणों न धर्म


ते म्रित्यलोके भुवी भार भूता मनुष्य रूपेण म्रिगाश्चरन्ती"

यो एउटा प्राचीन नीती श्लोक हो जुन समाज मा त्यस बखत मान्यता प्राप्त थियो जब समाज आज को जस्तो विक्सित थिएन

जब समाज मा वर्ण व्यबस्था को सर्वत्र वोल्बाला थियो
र जसको अर्थ हो जुन व्यक्ती मा विद्या छैन ,जसमा तप को बल अर्थात शक्ती छैन ,जसमा दान गर्ने प्रव्रित्ती छैन ,जसमा ज्ञान छैन ,शील छैन ,गुण छैन ,र धर्म छैन तिनी हरु यो मृत्‍युलोक मा प्रिथ्वीको भार भएर मनुष्य को रूपमा चरने हरिण हुन

जसको समूल मा एउटै अर्थ निस्किन्छ मानिस लाई मानिस मात्र मानिस को चोला ले बनाउदैन ,त्यस्लाई मनिष हुन अरु तत्व हरु को पनि आवश्यक हुन्छ यदी हामी हिन्दू हरु ले आफ्नो प्राचीन ईतिहास केलाएर हेर्यौभने त्यहा राम्रा र नराम्रा को बडो विरक्त लाग्दो सँगम छ एकातिर त हाम्रा प्राचीन बुजुर्गहरुले विद्या,ज्ञान्,शील -स्वभाव को त्यात्राो गुणगान गरेको छ त्यही अर्को तिर त्यही मानिस लाई मानिस बनाउने सरस्वती को द्वार बाट समाज कै एक वर्ग laai


शुद्र भनेर ,हेल गरेर, वन्चित गरेका छन जस लाई उनिहरु ले शूद्र भनेर वहिष्कार गरे कदाचित त्यो समाजको सबै भन्दा महत्वपूर्ण वर्ग थियो यदी त्यो न हुदो हो त शायद धनी- मानी ,महाजन हरु को शान त्यतिकै हराएर जान्थ्यो होला
कसले गर्थ्यो तिन्को कम्तिया हुने काम ,तिनको गोठालो हुने काम तिन्को चिलम भर्ने काम र तिन्को गोडामीच्ने काम!

किंवा तिनी हरु ले जानेरै तिनी हरु लाई त्यस्तो परेका हुन

समाज मा यो सानो -ठुल्ओ को भेद्भाव शायद समाज निर्माणका साथइ शुरु भएको होला ईतिहास त यही भन्छ
एक पल्ट एक मित्र ले एउटा घाट लाग्दो जोक सुनाउनु भा थियो ---उहिले -उहिले जब भारत मा अंग्रेज बहादुर को शासन थियो लोर्ड इद्बिन भनाउदो अंग्रेज हाम्रो प्रधानमन्त्री को निमन्त्रणामा नेपाल आयो र प्रधानमन्त्री ले उस्लाई खास सम्मान गर्न भनेर आफ्नो गाउ लाई जानु भो त्यहाँ अंग्रेज बहादुर को अदम्य स्वागत भयो जसको त्यो अंग्रेज ले कल्पना पनि गरेको थिएन होला
हवेली का सारा नौकर -चाकर हाथ बाँध्या-बाँधै,सिर निहुराएका निहुराये नै बोली पनि यस्तो मशीनो र आदर ले भरिये को कि त्यो अंग्रेज त त्यो द्रिश्य हेरेर छक्क पर्‍यो अनी उसले प्रधानमन्त्री ज्यु लाई सोध्यो होइन यो कस्तो अचम्म तिमी हरु ले यिनी हरुको लागि केही व्यबस्था पनि गरेका छैनउ र पनि यिनी हरु तिमीहरु को यात्राो आदर गर्छन् अर्को तिर हामी ले भारत्मा यती बिकास गरेका छौ ,शिक्षा ,-समानता ,उद्योग्-धन्धा,सडक भवन सब त हामी ले गरेका छौ तर पनि तिनी हरु ले हाम्रो आदर गर्दैनन ,आदर त के हामी लाई हेर्न चाह्दैनन ,यस्तो किन ?हाम्रा प्रधानमन्त्री ले आफ्नो जुँगा मुसार्दै भने हो यही त तपाईं हरु ले गलती गर्नु भा छ तपै हरु ले उनिहरु लाई अफु सरी को मानिस बनाइ दिनु भो जबकी हामीले यिनिहरु लाई भेडा-बाख्रा बनाइ राख्या छौं
हो कती शाहएे र सतीक जवाब त्यो बेला का हाम्रा प्रधानमन्त्री ले दिये का थिए
मानो उन ले गलत नै गरेका थिए तर पनि देखा -देखी ,हारा-हारी
आज को जस्तो दोहोरो व्यबहार र दशा थिएन होला
त्यो बेला त समाज को एउटा वर्ग जस्लाई अवर्ण भनु वा गरीब -निमुखा भनुँत्यो मात्रै मर्का मा थियो तर आज समाज को कुनै पनि वर्ग यस्तो छैन जो मर्का मा छैन अलिकती पनि विचार मिलेन कि बन्द -यातायात बन्द ,स्कूल बन्द ,बाजार बन्द ,फैक्ट्री बन्द
एकर्काको विचार न मिल्नु को बन्द संग के सरोकार खोइ केही बुझ्न् सकिएन
त्यही समाजको पीडित-शोषित ,दलित वर्ग लाई उत्थान को नाम मा ,बिकास को नाम मा हाम्रा तथाकथित समाज सुधारक हरु ले बंदुक -बारूद ,गोला र कट्टा दिएका छन
अब आज को समाजलाई उत्थान को लागि कलम र कपि को आवश्यकता छैन किताव र झोला को आवश्यकता छैन
आज समाज को आवश्यकता बद्ली सके को छ आज ज्ञान ,गुण नीती यी सबै किताब का कुरा भई सकेका छन ,आज शक्ती को भक्ती भन्ने नारा चारै तिर गुन्जाय्मान छ
सानो एउटा बट्टा जस्तो देशमा न जाने कुन्-कुन नाम मा संघीयता को नाम मा ,गणराज्य को नाम मा जाती को नाम मा ,धर्म को नाम मा उत्थान को नाम मा अनेक नाटक चली रहेका छन र फेरी पनि त्यस्को शिकार तिनै गरीव -गुरुआ नै भई रहेका छन जो आफ्ना -आफ्ना नेताजी हरु को भनाइ ,सुनौलो शब्द हरु को पछी -पछी दौडी रहेका छन ,बिचरा तीन लाई तब पनि बुद्धी थिएन ,तिन लाई अहिले पनि बुद्धी छैन
के -के नापाउला भनेर होम्मी रहेका छन तर पद -प्रतिस्ठा त फेरी पनि तिनै ठुला -बडा को हाथै मा आउदो रहेछ
तिन्को काम त होम्मिनु मात्रै त रहेछ
र ठुला -बडा ले म पीटे जस्तो गर्छु तँरोये जस्तो ग र् सुत्र अपनाउदै आफ्नो दुनो सोझो पारी रहेका छन तर ती अशिक्षित ,अदुर्दर्शी -दूर्दर्शी ठुला-बडा को चाला के बुझुन
सियार ले भेडिया को वकालत गरेर भेडा-बाख्रा लाई एक पटक फेरी उल्लु बनाउदैछ
अब यो साहित्य ,संगीत र कला बिहीन गोला -बंदुक भिरे को समाज कता जान्छ शायद कसै लाई थाहा छैन
पशुपती अन्धा ,बहिरा र मूक भा का छन कुनी कहिले धरती माता ले फेरी भोले नाथ को स्तुती गरेर उनको रूद्र रूप लाई जगाउनु हुन्छ र शंखनाद हुन्छ एउटा नयाँ बिहानी को


वेदना उपाध्याय

No comments:

Post a Comment